शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्व राज्यमन्त्री नवराज रावतको गृह नगर पञ्चपुरीमा काँग्रेसको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १० : १६
शनिबार, ३१ वैशाख २०७९

पूर्व राज्यमन्त्री एवं एमालेका नेता नवराज रावतको गृह नगर सुर्खेतको पञ्चपुरी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ  । वडा नम्बर १ र ११ नम्बरको करिब १२०० मत गणना गर्दा नेपाली काँग्रेसले अग्रता लिएको हो । यसअघि नेकपा एमालेले अग्रता लिए पनि वडा नम्बर ११ को मत गणनामा काँग्रेसले अग्रता लिएको छ ।

प्रमुख पदमा पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार लालबहादुर भण्डारीले ४८६ मत प्राप्त गरेका छन् । यस्तै एमालेका धनबहादुर थापाले ४०८ र नेकपा माओवादी केन्द्रका केशवबहादुर शाहीले २३० मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुख पदमा नेपाली काँग्रेसका मुक्तिदेवी रेग्मीले ४७१ र नेकपा एमालेका दुर्गाकुमारी जैशीले ४०२ मत ल्याएकी छन् । पञ्चपुरीको वडा नम्बर ११ मा ६०० मत गणना गर्दा प्रमुखमा नेपाली काँग्रेसले २७५, नेकपा माओवादी केन्द्रले १९६, एमालेले ९१ तथा  उपप्रमुखमा काँग्रेसले २५९, एमालेले १०२ र माओवादी केन्द्रले ३४ मत प्राप्त गरेको छ । वडा अध्यक्षमा काँग्रेसले २४५ मत ल्याउँदा माओवादीले २१४ र एमालेले ९२ मत ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप