ad
x

चन्द्रमाको माटोमा पहिलो पटक उमारिएको बिरुवा के भयो ?

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

 


वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । यो सफल प्रयोग चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने दिशामा ठूलो कदम हो ।



शोधकर्ताहरूले सन् १९६९ देखि १९७२ सम्म अपोलो मिसनका क्रममा चन्द्रमाबाट माटो सङ्कलन गरेका थिए । यो प्रयोगमा सोही माटो प्रयोग गरिएको छ ।



अन्वेषकहरूले यस माटोमा बीउ छरे । दुई दिन पछि, बीउ अङ्कुरित भयो, यो देखेर अनुसन्धानकर्ताहरू धेरै छक्क परेका थिए ।



फ्लोरिडा विश्वविद्यालयकी प्राध्यापक अन्ना–लिसा पलले चन्द्रमाको माटोमा उम्रिएका बोटबिरुवाको नतिजामा एक पेपरको सह–लेखन गरेकी छिन् ।  यो प्रयोग बारे उनी भन्छिन्, ‘हामी कत्तिको छक्क परेका थियौँ भनेर म शब्दमा वर्णन गर्न सक्दिनँ ।’



अन्ना लिसा भन्छिन्, ‘हरेक बिरुवा करिब ६ दिनसम्म एकै खालका देखिएका थिए ।’



तर, छिट्टै नै यसमा कठिनाइ उत्पन्न भए । चन्द्रमाको माटोमा उम्रिएका बिरुवाहरू कमजोर देखिन थाले र असाध्यै ढिलो विकसित हुन थाले ।  अन्ततः यी बिरुवाहरू मरे ।



तर यो प्रयोगमा संलग्न व्यक्तिहरु यो ठूलो सफलता भएको बताउँछन् ।



यसबारे नासाका प्रमुख बिल नेल्सनले भने, ‘यो अनुसन्धान नासाको भावी मानव अन्वेषण लक्ष्यका लागि महत्त्वपूर्ण छ । किनभने हामीले भविष्यका अन्तरिक्ष यात्रीहरू चन्द्रमामा बस्न र त्यहाँ काम गर्नका लागि खाद्य स्रोतहरू विकास गर्नका लागि चन्द्रमा र मंगल ग्रहमा पाइएका स्रोत साधनको उपयोग गर्ने आवश्यकता हुनेछ ।’

नासाका प्रमुख बिल नेल्सन भन्छन्, ‘वनस्पतिको आधारभूत विकासमा गरिएको अनुसन्धान नासाले कृषि क्षेत्रमा कसरी नयाँ आविष्कारहरू गरिरहेको छ भन्ने एउटा उदाहरण हो । यसले हामीलाई पृथ्वीमा खाद्यान्न अभाव भएका क्षेत्रहरुमा बोटबिरुवाको क्षतिलाई कसरी रोक्ने भनेर बुझ्न मद्दत गर्नेछ ।’

अनुसन्धानकर्ताहरुका लागि एउटा चुनौती यो हो कि उनीहरुसँग चन्द्रमाका धेरै माटो छैन ।

सन् १९६९ देखि १९७२ सम्म नासाका अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहबाट ३८२ किलोग्राम माटो ल्याएका थिए । यो ३८२ किलोग्राम माटो ल्याइएको थियो । यो ३८२ किलोग्राममा चन्द्रमाका चट्टान, कोर नमूना, कंक्रिट, बालुवा र धुलो समावेश थियो ।

फ्लोरिडा विश्वविद्यालयको टोलीलाई प्रयोगका लागि १ ग्राम माटो मात्रै दिइएको थियो । यसलाई दशकौँदेखि बन्द राखिएको थियो ।

नासाले सन् १९७२ पछि पहिलो पटक सन् २०२५ का लागि निर्धारित एक मिसनमा मानवलाई चन्द्रमामा उतार्ने योजना बनाएको छ ।

बीबीसी

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।