बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु

शनिबार, ३१ वैशाख २०७९, १० : ००
शनिबार, ३१ वैशाख २०७९

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर ३१ र ३२ बाट मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप