शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीको मरिणमा मतगणना प्रारम्भ

शनिबार, ३१ वैशाख २०७९, ०९ : ५०
शनिबार, ३१ वैशाख २०७९

स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक बस्दैछ ।

मरिणको वडा नं १ बाट मतगणना सुरु गरिएको हो । हालसम्म ५४३ मतगणना सम्पन्न भएको जनाइएको छ । यस्तै हरिहरपुरगढी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ । बिहान ७ बजेदेखि मतगणना गर्ने सहमति भए पनि ढिलागरी मतगणना सुरु हुन लागेको हो । दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा बिहान ९ बजेदेखि मतगणना गर्ने बताइएको छ ।

सुनकोसी गाउँपालिकामा बिहान सर्वदलीय बैठक राखिएको निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिइन् । उनका अनुसार नेकपा (एमाले)ले बन्दीपुर र चैनपुरमा पुनःमतदानको माग गर्दै निवेदन दिएको छ । निर्वाचन अधिकृत पाण्डेले उक्त स्थलमा झडप भएको र पछि मतदान भएको बताइन् । सर्वदलीय बैठकपछि के गर्ने भन्ने निर्णय हुने उनको भनाइ छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी पुष्पाकुमारी झाका अनुसार जिल्लामा ६९ प्रतिशत मतदान भएको छ । जिल्लाको केही स्थानीय तहबाट विवरण प्राप्त नभएकाले यो प्रक्षेपण गरिएको हो । 

जिल्लामा कति प्रतिशत मत खस्यो भन्ने विषयमा स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतसँग विवरण माग गरिएको उनले जानकारी दिइन् । दुधौली नगरपालिकामा ७०.६२, कमलामाई नगरपालिकामा ६८, सुनकोसी गाउँपालिकामा ६६, हरिहरपुरगढीमा ६८  र फिक्कल गाउँपालिकामा ७२.७३ प्रतिशत मतदान भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप