बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुर उपमहानगरपालिमा स्वतन्त्र उम्मेदवारको अग्रता

शनिबार, ३१ वैशाख २०७९, ०९ : ३०
शनिबार, ३१ वैशाख २०७९

जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार वडा नम्बर १ को ४०० मतगणना हुँदा प्रमुख पदमा काँग्रेसका बागी उम्मेदवार मनोज साहले १३५ ल्याएर अग्रता कायम गरेका छन् । 

दोस्रोमा एमालेका शिवशंकर साहले ४५ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व माओवादी नेता बलराम महतोले ३३ मत ल्याएका छन् । यस्तै निवर्तमान मेयर जसपाका लालकिशोर साहले २८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जानकारीराम साहले १९ मत पाएका छन् ।

लोसपाका मनोज चौधरीले १८ मत पाएका छन् । यस्तै उपमेयर तर्फ काँग्रेसले १६२ मत, एमालेले ४६ मत, लोसपाले २३ मत, स्वतन्त्र उम्मेदवारले २६ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप