बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकाको मतगणना ११ बजेदेखि सुरु हुने

शनिबार, ३१ वैशाख २०७९, ०९ : २८
शनिबार, ३१ वैशाख २०७९


ललितपुर महानगरपालिकाको मत गणना विहान ११ बजेदेखि सुरु हुने भएको छ। विहान ८ बजेतिर बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। सत्ता गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जन मेयर र माओवादी केन्द्रबाट  उपमेयरमा बाबुराज बज्राचार्य प्रतिष्प्रधामा छन्। यस्तै एमालेबाट हरिकृष्ण ब्याञ्जनकार र उपमेयरमा अञ्जली शाक्य छिन्। 

मेयर र  उपमेयरमा सत्ता गठबन्धन र एमालेवीच मात्रै प्रतिष्प्रधा हुने भएको छ। यसअघि निर्वाचनमा मेयरमा काँग्रेसका महर्जन र एमालेका ब्याञ्जनकारवीच प्रतिष्पर्धा हुँदा महर्जनले जितेका थिए। यस पटकको निर्वाचनमा समेत दुई जनाको प्रतिस्पर्धालाई रोचक रुपमा लिएको छ।

यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाको मत गणनापनि विहान ११ बजेदेखि सुरु हुने भएको छ । विहान बसेको सर्वदलीय बैठकले विहान ११ बजे मतगणना गर्ने निर्णय गरेको हो। मेयरमा गठबन्धनबाट माओवादीका शिव कट्टेल उपमेयरमा काँग्रेसकी लक्ष्मी महर्जन प्रतिष्पर्धामा छिन्। एमालेबाट मेयरमा हरिगोविन्द्र श्रेष्ठ र उपमेयरमा वीणा सुवेदी उम्मेदवार छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप