मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङका ६ पालिकामा अझै मतगणना सुरु भएन

शनिबार, ३१ वैशाख २०७९, ०९ : ००
शनिबार, ३१ वैशाख २०७९

मोरङका ६ वटा पालिकामा अझै मत गणना सुरु हुन नसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङको ११ वटा पालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म सुरु हुन नसक्नेमा रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरी शनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिका रहेका छन् । 

यी सबै पालिकामा बेलुका मतपेटिका संकलनमा ढिलाई भएको कारण मतगणना केही ढिलो हुन गएको अधिकारीले बताए । ११ बजेसम्ममा सबै पालिकामा मतगणना सुरु भइसक्ने उनले बताए । 
हालसम्म मतगणना सुरु भएका पालिकाहरुमा मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, कटहरी, जहदा, बुढीगंगा गाउँपालिका, उर्लाबारी, बेलबारी, धनपालथान, सुनवर्षी, रंगेली नगरपालिका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप