शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको बाग्मतीमा गठबन्धनले अग्रता लियो

शनिबार, ३१ वैशाख २०७९, ०८ : ५४
शनिबार, ३१ वैशाख २०७९

ललितपुरको बाग्मती गाउँपालिकामा गठबन्धनले अग्रता लिएको छ। कुल ४१९ मत गणना हुँदा नेकपा एमालेलाई पछि पार्दै गठबन्धनले अग्रता लिएको हो । गठबन्धनबाट अध्यक्षमा नेपाली काँग्रेसका वीरबहादुर लोप्चनले २१६ मत ल्याउँदा एमालेका नवराज सञ्जेलले १९६ मत ल्याएका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट माओवादीका भक्तबहादुर दर्लामीले २११ मत र एमालेका नमुना दोङले १५३ मत ल्याएकी छिन् । यसअघि निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप