
दिल्ली : चार तले भवनमा आगलागी हुँदा दुई दमकल कर्मचारीसमेत २७ को मृत्यु

दिल्लीको मुन्डका इलाकाको एक भवनमा शुक्रबार बेलुका भीषण आगलागीमा कम्तीमा २७ जना मारिएको पुष्टि भएको छ । मृतकमध्ये दमकल विभागका दुई कर्मचारी पनि रहेका छन् । यस्तै १० जना गम्भीर घाइते भएका छन् । दिल्लीको आउटर डिस्ट्रिक्टका प्रहरी उपायुक्त (डीसीपी) समिर शर्माले यसबारे पुष्टि गरेका हुन् ।
प्रहरीले भवनका मालिक हरिश गोयल र वरुण गोयललाई हिरासतमा लिएको जानकारी दिएको छ ।
आगो शुक्रबार बेलुका करिब पौने पाँच बजे भएको थियो । लगभग ७ घण्टापछि आगोमाथि नियन्त्रण लिइएको थियो । यद्यपि, अबेर राती १२ बजे आगो पुनः सल्किन थाल्यो । दमकलका कर्मचारीले घटनास्थलमा पुगेर झ्याल फुटाउँदा त्यहाँ भित्र फसेका मानिसहरुको ज्यान बच्न सफल भयो ।
भवनमा ३०–४० जना अझै फसेका छन्ः
भारतीय सञ्चार माध्यमका अनुसार उक्त भवनमा ३० देखि ४० जना अहिले पनि फसेका छन् । उक्त भवनमा थुप्रै कम्पनीका कार्यालय थिए । त्यहाँबाट करिब १५० जनालाई उद्धार गरिएको छ । उद्दारका लागि सय जनालाई तैनाथ गरिएको छ । मोदीले दुर्घटनामा दुःख जताउँदै मृतकको परिवारलाई २–२ लाख भारु र घाइतेलाई ५० हजार भारु मद्दतको घोषणा गरेका छन् ।
भवनको पहिलो तलामा सीसीटीभी फ्याक्ट्री र गोदाम छ । यहाँ शर्ट सेर्किटबाट लागेको आगोले भीषण रुप धारण गरेपछि पूरा भवन आगोको चपेटामा परेको हो । त्यहाँ धेरै नै मजदुर काम गरिरहेका थिए । भवनमा भित्र पस्ने र बाहिर निस्कने एउटै मात्रै ढोका भएकोले बचाउ कार्य छिटो सुरु हुन सकेन ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ