हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु
शनिबार, ३१ वैशाख २०७९, ०८ : १७
![हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु](https://rpcdn.ratopati.com/media/albums/matgadana_hZ0d9dvWbW.jpg)
हेटौँडा उपमहानगरपालिकाको मतगणना शनिबार बिहानबाट सुरु भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबारबाट मत गणना गर्ने सहमति गरेको थियो ।
मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेको छ । मुख्य निर्वाचन कार्यालय हेटौँडाले चार स्थानमा मत गणनाको व्यवस्था गरिएको जानकारी दिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ । शुक्रबार सम्पन्न मतदानमा हेटौँडा उपमहानगरपालिकाको कूल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो । मत गणनामा पहिले हेटौँडाको वडा नम्बर १,२,१८ र १९ को गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता