उदयपुर गोलीकाण्ड अपडेटः मृतकको शव उठ्न सकेन
शनिबार, ३१ वैशाख २०७९, ०८ : ०५
उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु १९ वर्षीय नवीन कटुवालको शव उठ्न सकेको छैन । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र रुप लिएपछि गोली चल्दा उनको मृत्यु भएको हो । उनी स्वतन्त्र रूपमा वडाध्यक्षका प्रत्याशी गौरव कटुवालका भतिजा हुन् ।
उदयपुरका एसपी सुवास बोहराले पोष्टमार्टम गरेर लैजाने अवस्था नभएकाले घटनास्थलमै शव रहेको बताए । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् । घाइतेलाई काठमाडौँको ट्रमा सेन्टर लगिएको छ ।
घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ । बोहराले भने, ‘मतपेटिका मतदान स्थलमै रहेको छ । मत भने खसिसकेको थियो । लाहाछाप हाल्ने बेलामा मात्र तनाव भएपछि गोली चलेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या