सल्यानको कुमाखमा काँग्रेस-एमाले गठबन्धनलाई पछि पर्दै माओवादीको सुरुवाती अग्रता
शनिबार, ३१ वैशाख २०७९, ०६ : ५५
सल्यान कुमाख गाउँपालिका मध्यराति १२ बजेदेखि मतगणना जारी छ । अहिलेसम्म ५०० मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले २६६ मतसहित सुरुवाती अग्रता बनाएका छन् ।
यस्तै नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीले २५४ मतका साथ जैशीलाई पछ्याइरहेको अवस्था छ । उपाध्यक्षमा पनि माओवादीकै अग्रता छ ।
उपाध्यक्षमा माओवादी केन्द्र धनसरा मल्लले २८४ पाएकी छन् भने काँग्रेस र एमाले गठबन्धनका उम्मेदवार लालबहादुर रावतले २१९ मत पाएका छन् ।
यस्तै वडा १ को अध्यक्षमा माओवादी केन्द्रका डिल्ली रानाले ३१८ र काँग्रेस र एमाले गठबन्धनका प्रेम बहादुर बुढाथोकीले २०९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार एक सय रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम