शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरसहित ६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

शनिबार, ३१ वैशाख २०७९, ०५ : ४५
शनिबार, ३१ वैशाख २०७९

सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ।  मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ । 

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । 

यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ ।

यस्तै  पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप