शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेनु भर्सेन विजय : बिहान ८ बजेदेखि भरतपुरको मतगणना सुरु हुँदै

शनिबार, ३१ वैशाख २०७९, ०३ : ५४
शनिबार, ३१ वैशाख २०७९

चितवनको भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका संकलनपछि बसेको सर्वदलीय बैठकले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको हो । 
भरतपुर महानगरमा शुक्रबार सम्पन्न मतदानपछि विभिन्न मतदान केन्द्रबाट ३७१ वटा मतपेटिका संकलन भएका छन् । ती मतपेटिकाहरु कोठामा राखी सो कोठाका सबै झ्याल ढोका बन्द गरी  मूल ढोका समेत बन्द गरी निर्वाचनको अधिकृतले ताला लगाइ लाहाछाप गरेको मुचुल्का तयार गरिएको छ । 
भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदीलगायत मैदानमा छन् । भरतपुरको नतिजालाई निकै चासोका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप