मतगणना प्रकियामा बालेनको आपत्ति
काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र पदका उम्मेदवार बालेन साहले मतगणना प्रक्रियामा आपत्ति जनाएका छन् । मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्ने कुरामा साहले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, 'मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन । हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको 'मतभार' बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?
स्वतन्त्रहरू आफैमा फरक फरक विचार, समूह र उम्मेदवार हुन् । उनीहरू आफै बिचमा प्रतिस्पर्धा हुन्छ । यस्तोमा पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो ? कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधि छान्ने हो ? पाँचजनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रक्रिया र विधि के हो ? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यविधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन ।
यसैले, सामान्य प्राविधिक कुराहरूमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलबाड नगरियोस् ।
५ जना स्वतन्त्रको एकजना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ । यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपूर्ण हुँदैन कि भन्ने शंका उत्पन्न गराउँछ । यसप्रति निर्वाचन आयोग सजग बनोस् । र, हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस् ।
यसमा निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गर्दछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक नर्थ लण्डन डर्बीमा आर्सनल विजयी
-
गण्डकीमा शहिद प्रतिष्ठान गठन, मधु अधिकारीको नेतृत्वमा बन्यो कार्यसमिति
-
गुजरात नजिकै डुंगाबाट ६ सय करोडको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा
-
नेपाली सेनाद्वारा निर्मित बेलिबृज उद्घाटन
-
करिब ९ हजार मत गनिसक्दा बझाङमा एमालेको अग्रता कायमै
-
अघि बढे सुहाङ, १००१ मतले अग्रता