बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरको मतगणना शनिबार बिहान ८ बजेदेखि हुने

शनिबार, ३१ वैशाख २०७९, ०० : ०४
शनिबार, ३१ वैशाख २०७९

काठमाडौँ महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ । काठमाडौँस्थित राष्ट्रिय सभागृहमा शुक्रबार राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप