बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेटौँडाको मतगणना शनिबारदेखि मात्र

शुक्रबार, ३० वैशाख २०७९, २३ : १७
शुक्रबार, ३० वैशाख २०७९

हेटौँडा उपमहानगरपालिकाको मतगणना शनिबार बिहानबाट सुरु हुने भएको छ । शुक्रबार राति १०:३० बजे बसेको सर्वदलीय बैठकले शनिबार ७ बजेबाट मत गणना गर्ने सहमति गरेको हो । 

मुख्य निर्वाचन कार्यालय हेटौँडाले हेटौँडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मत गन्ने । चार स्थानमा मत गणनाको व्यवस्था गरिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ । आज सम्पन्न मतदानमा हेटौँडा उपमहानगरपालिकाको कूल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो । हाल मत पेटिका सङ्कलन तथा व्यवस्थापनको काम भइरहेको छ । मत पेटिका प्रहरीको कडा सुरक्षा घेराबीच मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको रोहवरमा मतदान अधिकृत मार्फत बुझ्ने कार्य जारी छ । भोलि बिहानबाट हुने मत गणनामा पहिले हेटौंडाको वडा नम्बर-१,२,१८ र १९ को गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप