शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं महानगरको मतपेटिका बुझने क्रम जारी,सर्वदलीय बैठकपछि मत गणनाबारे टुंगो लाग्ने

शुक्रबार, ३० वैशाख २०७९, ०१ : ००
शुक्रबार, ३० वैशाख २०७९

काठमाडौं महानगरको मतगणना आजै सुरु हुने भनिएपनि प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले आज वा भोलीबाट भन्ने टुंगो लाग्न सकेको छैन । महानगरका सवै (३२ वटै)वडाका मतपेटिकाहरु मतगणना स्थल राष्ट्रिय सभागृहमा संकलन भइसके पनि बुझ्ने क्रम जारी रहेको काठमाडौं निर्वाचन कार्यालयले जनाएको छ । 

‘मतपेटिका बुझ्ने क्रम जारी छ । मतपेटिका बुझिसकेपछि सर्वदलीय बैठक बस्छ र टुंगो लाग्छ’, काठमाडौं निर्वाचन अधिकृतको कार्यालय स्रोतले भन्यो, ‘सर्वदलीय बैठकले रातिबाटै गन्ने निर्णय गरेमा सुरु हुन्छ नभए भोली बिहानबाट मात्र सुरु हुन्छ ।’ 

काठमाडौं महानगरपालिकाका जम्मा तीन लाख ५ सय ८४ मतदातामध्ये १ लाख ८९ हजार चार सय २० मत मात्र खसेको आयोगको कार्यालयले जनाएको छ । यसैबीच नेकपा एमालेले प्रक्रिया पुरा गरेर आजैबाट मत गणना सुरु गर्नुपर्ने बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप