शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन सफल भएकोमा सरकार र आयोगलाई प्रम देउवाको धन्यवाद

शुक्रबार, ३० वैशाख २०७९, २२ : ३०
शुक्रबार, ३० वैशाख २०७९

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । देउवाले निर्वाचन सफल भएकोमा सरकार र निर्वाचनलाई आयोगलाई धन्यवाद ज्ञापन गरे ।

उनले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गरेमा धन्यवाद दिए । देउवाले संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको दाबी गरेका छन् । नागरिकले देखाएको उत्साहले लोकतन्त्रप्रतिको नागरिक विश्वासलाई थप प्रमाणित गरेको देउवाको भनाइ छ । देउवाले आजको निर्वाचनमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा मिलेको उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप