बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पचरौता नगरपालिकाको २ वडामा निर्वाचन स्थगित, अन्यमा छिटफुट घटना

शुक्रबार, ३० वैशाख २०७९, २२ : ११
शुक्रबार, ३० वैशाख २०७९

बारा जिल्लाको दक्षिण भारतसँग सिमरा जोडिएका पचरौता नगरपालिकाको ३ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच भएको झडपका कारण दुई वटा वडाका ३ मतदान स्थलमा निर्वाचन स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हाे ।

नगरपालिकाको बेलडारी र बेरिया मतदान केन्द्रमा आज बिहानदेखि नै बिवाद भएपछि निर्वाचन स्थगित भएको जिप्रका बाराले जनाएको छ । सिमावर्ती क्षेत्रमा रहेकोे सो मतदानस्थल अतिसंवेदनशिल मतदान स्थलभित्र पर्दछ । त्यस्तैगरी भारतसँग सिमा जोडिएको बाराको सिम्रौनगढ नगरपालिका र देवताल गाउँपालिकामा पनि दुई छुट्टाछुटै समूहबीच भएको झडपका कारण केही समय मतदान स्थगित भएको थियो । सिम्रौनगढ वडा नं २ बैरिया मतदान स्थलमा दुई समूहहरूबीच भएको झडपमा एकजना प्रहरी जवान घाइते भएका थिए भने देवताल गाउँपालिका वडा नं ७ मा दुई पक्षबीच भएको विबादमा एक जना घाइते भएका छन् ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले पचरौता नगरपालिका बाहेक जिल्लाको १६ वटै पालिकामा सामान्य घटना बाहेक शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको बताएका छन् । ‘केही मतदान केन्द्रहरुमा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिबीच मत संख्या भन्दा धेरै मत खसेको विषयमा आरोप प्रत्यारोपका कारण बिवाद भएकोले मतदान स्थगित भएको छ’सहायक प्रजिअ सेढाईले भने ‘प्रारम्भिक तथ्यांक अनुसार ६० देखि ६५ प्रतिशतसम्म मतदान भएको हाम्रो अनुमान छ, केही ठाँउमा ८० प्रतिशत प्लस पनि भएको छ ।’

निर्वाचन स्थगित भएको क्षेत्रमा अर्कोे निर्वाचन मिति सम्वन्धमा सर्वदलीय बैठक बसेर निर्णय गरिने सहायक प्रजिअ सेढाईले जनाएका छन् ।  २ उपमहानगरसहित बाराको १६ वटा पालिकाहरुमा ३०३ वटा मतदान केन्द्र र ५४१ ओटा मतदानस्थल (बुथ) रहेका छन् । जिल्लाको ५ सय ४१ वटा मतदानस्थल मध्ये अति संवेदनशिल मतदान स्थलको सख्या अधिक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आयोगले आज भएको निर्वाचनका लागि ५४१ जना मतदान अधिकृत र ५४१ जना सहायक मतदान अधिकृत खटाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप