शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मतदानका दिन १८ सञ्चार माध्यमलाई कारबाही

शुक्रबार, ३० वैशाख २०७९, २१ : ४५
शुक्रबार, ३० वैशाख २०७९

प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ । आज निर्वाचन आचारसंहिता विपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमायाचना गर्न निर्देशन दिएको थियो ।

ती मध्ये ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । सञ्चार माध्यमले भुलसुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ति स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले बताए । ती सञ्चार माध्यमले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनामा सजग रहने प्रतिबद्धतासमेत जनाएका छन् । तर केही सञ्चार माध्यमले मौखिकरुपमा भुलसुधारको प्रतिबद्धता जनाएपनि भुलसुधार गरेको भने पाइएन । त्यस्ता सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीमा काउन्सिलले विशेष अनुगमन जारी राखेको छ ।

काउन्सिलले आज अनुगमन गरेका विभिन्न सञ्चार माध्यममध्ये आचारसंहिता विपरितका सामग्री सम्प्रेषित गरेका सञ्चार माध्यमलाई तत्काल हटाउन पत्र र फोनमार्फत निर्देशन दिएको थियो । काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । यस्तै यो अवधिमा दर्तारसूचीकरण नभएका १८ बेव पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ ।

अनुगमनका क्रममा सञ्चार माध्यमसँग आबद्धता रहेको नदेखिएका ४ वटा युट्युब च्यानललाई निर्वाचन आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गरेका कारण अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा पत्राचार गरिएको सूचना अधिकारी बोहराले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप