सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचनको क्रममा उदयपुरमा गोली लागि एकको मृत्यु, एक घाइते

शुक्रबार, ३० वैशाख २०७९, २१ : ३८
शुक्रबार, ३० वैशाख २०७९

उदयपुरको कटारी नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय नविन कटुवाल रहेका छन् । कटारी–१० सोरुङ छविसेमा मतदान सकिएपछि उत्पन्न विवादले उग्र  पश्चात उत्पन्न विवादमा गोली चल्दा उनको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् । 

घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागेको हो । कालिका माध्यमिक विद्यालय केन्द्रमा मतदान सकिएपछि विवाद भएको र विवादको क्रममा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो । हवाई फायरको क्रममा कटुवाल र श्रेष्ठलाई गोली लागेको स्थानीयले बताएका छन् । कटुवालको घटनास्थलमै मृत्यु भएको हो । यद्यपि प्रहरीले अहिलेसम्म आधिकारिक पुष्टि भने गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप