हुम्लामा मतपेटिका ल्याउँदै गरेको निर्वाचनको टोलीमाथि आक्रमण

कर्णालीको हिमाली जिल्ला हुम्लामा दिनभर अवस्था तनावग्रस्त रह्यो । अहिले पनि मतपेटिका ल्याउँदा निर्वाचन अधिकारीहरूको टोलीमाथि आक्रमण भएको हुम्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचन अधिकृत श्यामबाबु रानाले चंखेली गाउँपालिका–६ को हिमालय माध्यमिक विद्यालयको मतपेटिका ल्याउँदा टोलीमाथि आक्रमण भएको बताए । उनले रातोपाटीसँग भने,‘ मतपेटिका ल्याएर आउने क्रममा माथिबाट एउटा समूहले ढुंगामुढा गर्यो । त्यहाँबाट अहिले पनि मतपेटिका ल्याउन सकिरहेको अवस्था छैन ।’
उनका अनुसार हुम्लामा दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका–७को कोट माध्यमिक विद्यालय रोडीकोट मतदान केन्द्रमा दलका कार्यकर्ताबीच लफडा भएपछि मतदान स्थगित भएको छ । अपरान्ह चार बजेतिर लफडा भएको हो । यस्तै खार्पुनाथ गाउँपालिकाको मालिका माध्यमिक विद्यालय लालीमा दिउँसोदेखि मतदान भएको छैन । मतदान केन्द्रमाथिबाट ढुंगामुढा भएपछि त्यहाँ लफडा भएको हो । उनका अनुसार हुम्लामा दुई निर्वाचन अधिकृत घाइते भएका छन् । बिहानैदेखि विभिन्न स्थानमा झडप भएकाले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सुर्खेतदेखि हेलिकप्टरबाट आर्मीको टोली खटाइएको छ । जिल्लाभर अहिलेसम्म ६५ प्रतिशत मत खसेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
-
राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय