बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरकाे सर्वदलीय बैठक भोलि बिहान ७ बजे बस्ने

शुक्रबार, ३० वैशाख २०७९, २० : १२
शुक्रबार, ३० वैशाख २०७९

ललितपुर महानगरपालिकाको सर्वदलीय बैठक भोलि (शनिवार) विहान सात बजे बस्ने भएको छ । महानगरका २९ वटै वडाबाट मतपेटिका संकलन समयमै नहुने भएपछि शनिवार विहान मात्रै सर्वदलीय बैठक बस्ने गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले बताए । 

‘हामीले आज राति नै सर्वदलीय बैठक बसेर मतगणना हुनुपर्छ भनेका थियौ’ महर्जनले भने, ‘तर, सबै मत पेटिका आइनसकेकाले भोलि बिहान सात बजे मात्रै सर्वदलीय बैठक बस्ने सहमती भयो।’ सर्वदलीय बैठकपछि मात्रै मतगणना कार्य सुरु हुने महर्जनले बताए । 

मत गणना जाउलाखेलस्थित स्थानीय विकास तालिम केन्द्रको भवनमा हुने भएको छ। सत्ता गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जन मेयर र माओवादी केन्द्रबाट  उपमेयरमा बाबुराज बज्राचार्य प्रतिष्पर्धामा छन् । यस्तै एमालेबाट हरिकृष्ण ब्याञ्जनकार र उपमेयरमा अन्जली शाक्य छिन् । 

मेयर र  उपमेयरमा सत्ता गठबन्धन र एमालेबीच मात्रै प्रतिष्प्रधा हुने भएको छ । यसअघि निर्वाचनमा मेयरमा काँग्रेसका महर्जन र एमालेका ब्याञ्जनकारबीच प्रतिष्पर्धा हुँदा महर्जनले जितेका थिए । यस पटकको निर्वाचनमा समेत दुई जनाको प्रतिष्प्रधालाई रोचक रुपमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप