चुनावमा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएको आयोगको निष्कर्ष
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएको निष्कर्ष निकालेको छ । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशैभरी एकैसाथ निर्वाचन गराउने क्रममा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएका कारण धेरै ठाउँमा निर्वाचन स्थगित गर्नु परेको बताए ।
उनले धेरै मत खसेका स्थानमा ७४ देखि ७५ प्रतिशत सम्म खसेको छ । देशभरको औषतमा ६५ देखि ७२ प्रतिशतको बीचमा मत खसेको अनुमान गरिएको उनले बताए । उनले आधिकारिक तथ्यांक आउने क्रममा रहेको बताए ।
। पत्रकार सम्मेलनमा थपलियाले निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरूको पूर्ण सहयोग नभएको गुनासो गरे ।
थपलियाले भने, ‘एकै चरणमा निर्वाचन गर्नु परेका कारण अलिकति भनेजस्तो सुरक्षा बन्दोबस्त हुन नसकेको हो कि भन्ने आयोगले प्रारम्भिक अनुमान गरेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूका बीच जुन सुझबुझपूर्ण सम्बन्ध र सहयोग हुनु पर्ने हो तदनुसारको नहुँदा र त्यो अनुसारको व्यवस्थापन नहुँदा, साना कुरामा पनि विवाद सृजना भइ त्यसले उग्ररूप लिँदा त्यसप्रति आयोग चिन्तित बनेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी