मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सिरहामा चट्याङ लागेर वृद्धको मृत्यु

शुक्रबार, ३० वैशाख २०७९, २० : ०५
शुक्रबार, ३० वैशाख २०७९

सिरहामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । गाउँ नजिकै भौसी चराउन गरको गोलबजार नपा–१० डण्डाटोलका ६५ वर्षिय रावीन्द्र महतो शुक्रबार अपरान्ह वर्षासहितको हावाहुरी चलेको बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । चट्याङ लागेर उनको भैसी समेत मरेको स्थानीय शिक्षकप्रमोद सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी सिरहाका अनुसार गाउँदेखि पूर्वतर्फ भैंसी चराइरहेका बेला परेको चट्याङले शरिरको केही भाग जलेको जस्तो देखिएको छ । शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप