बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

दाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गते

शुक्रबार, ३० वैशाख २०७९, १९ : ५७
शुक्रबार, ३० वैशाख २०७९

दाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गते मात्रै हुने भएको छ। उपमहानगरको वडा नम्बर १७ को मतदान नभएकाले जेठ ३ गते मात्रै मतदान हुने भएको हो।

तुलसीपुर उपमहानगर वडा नम्बर १७ नेकपा एमालेका अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान स्थागित भएको थियो। सोही वडा अध्यक्षमा लबरु चौधरीका छोरा प्रदीप चौधरी उम्मेदवार हुने निधो भएपछि जेठ ३ गते मतदान हुने भएको छ। जेठ ३ गतेको मतदान सकिएपछि मात्रै उपमहानगरको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तुलसीपुर उपमहानगर मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका नेता जोगबहादुर राना उम्मेदवार छन्। एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी उम्मेदवार छन्। मेयरमा गिरी र खड्काबीच र उपमेयरमा राना र चौधरीबीच कडा प्रतिष्पर्धा हुने भएको छ। उपमेयर राना र चौधरी तत्कालिन एमालेमा हुँदा एउटै पार्टीमा थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप