आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मतपेटिका संकलन हुँदै, आजै मतगणना सुरु गरिने

शुक्रबार, ३० वैशाख २०७९, १८ : ५३
शुक्रबार, ३० वैशाख २०७९

देशभर आज एक साथ स्थानीय तहको निर्वाचन भएको छ । निर्वाचन आयोगले मत दिनका लागि तोकेको बिहान ७ देखि अपराह्न ५ बजेसम्मको अवधि सकिएको हो ।

तर उक्त अवधिमा मतदान केन्द्रमा पुगेका मतदातालाई भने मत हाल्न दिइएको आयोगले जनाएको छ । देशका कतिपय मतकेन्द्रमा बिबाद हुँदा स्थगित भएको छ र कतिपय स्थानमा मतदान गराउने प्रयास जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदान सम्पन्न भएसँगै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको आयोगले जनाएको छ । धेरै स्थानमा आजै मतगणना थाल्ने तयारी आयोगको छ। मतगणना सुरु हुन अघि सर्वदलीय बैठक बस्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप