शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै

शुक्रबार, ३० वैशाख २०७९, १८ : ४७
शुक्रबार, ३० वैशाख २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो ।

जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो । काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप