शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिम्तामा मतपत्रमा हस्ताक्षर नभएको भन्दै मतदान अधिकृतसहित कर्मचारी घेराबन्दीमा

शुक्रबार, ३० वैशाख २०७९, १८ : ४२
शुक्रबार, ३० वैशाख २०७९

सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको हो।

मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको भन्दै दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि मतदान स्थगित भएको हो सिम्ताका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए । उनले भने,‘दलका कार्यकर्ताले मतदान केन्द्र घेरिरहेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत टोपबहादुर रानासहितका कर्मचारीसमेत केन्द्रभित्र थुनिएका छन् ।’उनका अनुसार सुरक्षा व्यवस्था थप कडा नगरेसम्म मतदान सुचारु गर्न नसकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप