उपत्यकामा बिना पास चलाएका १२ सय ६९ वटा सवारी साधन होल्डमा
शुक्रबार, ३० वैशाख २०७९, १८ : ३७
ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई बिभिन्न स्थानमा होल्ड गरेको छ । होल्ड गरिएका सवारी साधनमध्ये १ हजार १८७ वटा दुई पाङग्रे र ८२ वटा चारपाङग्रे रहेका छन् ।
होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि मात्रै छाडिने र सो अवधिभर पास नलिएका अन्य सवारी साधन पनि संचालन नगर्न नगराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । स्थानीय तहको मतदान भइरहेकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदलाई कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साँट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण