
पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने काँग्रेसले जितेका हुन् ।
अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । मतपेटिका आउने क्रम सुरु भैसकेको र राति १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ