
ADVERTISEMENT
संखुवासभामा मतदान केन्द्र नजिकै बम विस्फोट

संखुवासभाको चैनपुरस्थित एउटा मतदान केन्द्र नजिकै विस्फोट भएको छ । चैनपुर नगरपालिका ४ को बालज्योति आधारभूत विद्यालयभन्दा २० मिटर टाढाको बाँस झ्यांगमा विस्फोट भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।
‘सो विद्यालयमा मतदान केन्द्र थियो, मतदान कार्य सकिइसकेको बेलामा नजिकैको बाँसझ्यांगमा विष्फोटको आवाज आयो’, एसपी राईले भने ‘अहिले नेपाली सेनाको टोलीले सो क्षेत्रको अनुसन्धान गरिरहेको छ ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ