बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

यति चाँडो दुई देशका प्रधानमन्त्रीको भ्रमण हुनुले हाम्रो निकटता दर्साउँछ : भारतीय विदेश मन्त्रालय

शुक्रबार, ३० वैशाख २०७९, १७ : ५४
शुक्रबार, ३० वैशाख २०७९

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीको अवसरमा गर्न लागेको नेपाल भ्रमणले दुई देशबीचको निकटता दर्साउने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेको छोटो समयमा नै भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुले दुई देशबीचको निकटता दर्साउने भारतले जनाएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विनय क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पाँचौँ नेपाल भ्रमणमा लुम्बिनीको भ्रमण गर्न लागेको जानकारी दिए । भ्रमणका कारण मोदीले बुद्धको जन्मस्थान रहेको मायादेवीको मन्दिर दर्शन गर्ने बताए । सन् २०१४ को भ्रमणमा प्रधानमन्त्री मोदीले नेपाललाई बोधगयाबाट बोधी रुख उपहार दिएको पनि स्मरण गराए । 

क्वात्राका अनुसार मायादेवीको भ्रमणपछि मोदीले भारतको बुद्धिस्ट कन्फडरेसनले निर्माण गरेको गुम्बाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय वार्ता हुने उनको भनाइ छ । सो वार्ता प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भएको वार्ता कै निरन्तरता हुने उनले बताए । वार्तामा हाइड्रोपावर पार्टनसीप एन्ड कनेक्टिभिटीलगायत विषयमा छलफल हुने उनको भनाइ छ । त्यसपछि दुई देशका प्रधानमन्त्री बुद्ध जयन्तीको उत्सवमा सहभागी हुनेछन् । कार्यक्रमलाई मोदीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप