शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादीका वडाध्यक्ष उम्मेदवारमाथि आक्रमण, बरहथवामा निर्वाचन प्रभावित

शुक्रबार, ३० वैशाख २०७९, १७ : ३९
शुक्रबार, ३० वैशाख २०७९

सर्लाहीको बरहथवामा जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा निर्वाचन नै अन्योल बनेको छ । माओवादीका नेता भुपनारायण अधिकारीले बरहथवा नगरपालिका वडा नम्बर १७ स्थित बरहथवा मतदान केन्द्रमा जसपा नेपालबाट वडा अध्यक्षका उम्मेदवार रामविश्वास रायले एक्कासि आक्रमण गर्दा माओवादीबाट वडा अध्यक्षको उम्मेदवार रहेका वीरेन्द्र राय सख्त घाइते भएको दाबी गरे ।

उनको उपचार जिल्लास्थित अस्पतालमा भइरहेको जानकारी दिए । निर्वाचन आयोगको निर्देशन अनुसार तीन पटकसम्म निर्वाचन मतदान गर्न खोज्दा पनि झडपको अवस्था सृजना भएकाले निर्वाचन नै अन्योल भएको निर्वाचन अधिकृत सुभाष कुमार यादवले जानकारी दिए ।

उनले भने, ‘ दिउँसो एक बजे एक्कासि होहल्ला भयो । उम्मेदवार नै एक जना घाइते भएको अवस्था छ । चार पाँच पटक झडप पनि भयो । यसबीचमा निर्वाचन गराउन खोजे, तर सम्भव भएन । निर्वाचन आयोगलाई घटनाबारे जानकारी पनि गराए । तर आयोगबाट आजै निर्वाचन सम्पन्न गर्न निर्देशन आएपछि सोही अनुसार मतदान सुचारु गर्न खोजेँ, तर सम्भाव भएन,’ उनले अघि थप्दै भने, ‘अब पाँच पनि बजिसक्यो, अब के हुन्छ, माथि जानकारी गराएको छु ।’

उनका अनुसार बिहान सात बजेदेखि सुरु भएको मतदानमा दिउँसो एक बजेसम्म शान्तिपूर्णरुपमा ३७२ जनाले मतदान गरेका छन् । यस मतदान केन्द्रमा १९५४ मतदाता रहेको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप