बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद रेग्मीले मतदान गर्नै पाइनन्

शुक्रबार, ३० वैशाख २०७९, १७ : २६
शुक्रबार, ३० वैशाख २०७९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ तथा प्रदेश १ की प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी मतदानबाट वञ्चित भएकी छिन् । विराटनगर घर भएकी प्रदेश सांसद रेग्मीले सँधै विराटनगरको पूर्वाञ्चल विश्वविद्यालय केन्द्रबाट मतदान गर्दै आएकी थिइन् । ‘२०४५ सालदेखि विराटनगरको पूर्वाचल विश्व विद्यालयको केन्द्रबाट मतदान गरे पनि यस पटक भने आयोगले सुन्दहरैंचामा मेरो नाम पठाइदिएको रहेछ,’ रेग्मीले भनिन् । 

आयोगको लापरबाहीका कारण मतदान गर्नबाट आफू वञ्चित भएको उनले बताइन् । ‘बिहीबार पार्टीका साथीहरूले मतदाता नामावलीमा नाम खोज्दा नभेटेपछि मलाई जानकारी गराएका थिए,’ उनले भनिन्, ‘मैले तुरुन्तै निर्वाचन अधिकृतलाई पनि भने उहाँले यो विषय आयोगले हेर्ने भएकाले केही गर्न नसकिने जनाएपछि स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित भएको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप