मोरङमा ७० प्रतिशत मत खसेको अनुमान
शुक्रबार, ३० वैशाख २०७९, १७ : २३

मोरङमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । कुनै पनि स्थानीय तहमा अप्रिय घटना नभएको र तनावपूर्ण अवस्था पनि नरहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेभन काश्यप अधिकारीले जानकारी दिए ।
‘जिल्लाभरमा सौहार्दपूर्ण वातावरणमा मतदान भएको छ,’ अधिकारीले भने, ‘कुनै खालको अप्रिय वातावरण बनेको छैन ।’ अधिकारीले मोरङमा बेलुका ४ बजेसम्मको डाटा अनुसार ६० प्रतिशत मतदान भइसकेको बताए । अहिले पनि मतदान भइरहेको कारण ७० प्रतिशत मतदान हुने अनुमान गरिएको उनले बताए । ‘दिउँसो ४ बजेको डाटा अनुसार ६० प्रतिशत मत खसिसकेको छ,’ अधिकारीले भने, ‘साँझसम्ममा ७० प्रतिशत मत खस्ने अनुमान गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती