साढे चार बजेसम्म मकवानपुरमा खस्यो ६० प्रतिशत मत
मकवानपुरमा आज दिउँसो ४ः३० बजेसम्म ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लाको १० वटै पालिकाको १६५ मतदान स्थलको ३५६ मतदान केन्द्रमा ६० प्रतिशत मतदान सम्पन्न भएको हो ।
हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको उनले बताए । दिउँसो केही बेर पानी परेपछि अधिकांश मतदान केन्द्रहरुमा मतदान कार्यक्रम प्रभावित बन्न पुगेको भएपनि हाल वैकल्पिक व्यवस्था गरेर मतदान प्रक्रियालाई सूचारु गरिएको उनले बताए ।
आयोगले मतदानको अवधि विहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको लागि तय गरेको छ । मतदानस्थलमा साँझ ५ बजेसम्म आइपुगेका मतदातालाई मतदान प्रक्रियामा सहभागी गराइने श्रेष्ठले बताए ।
मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरू रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको जनाइएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान