विवाह गरेको २४ वर्षपछि सोहेल खानको सम्बन्धविच्छेद
सलमान खानका भाइ सोहेल खान र उनकी श्रीमती सीमा खान सम्बन्धविच्छेदको तयारीमा छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी दुईले मुम्बईको फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । सोहेल र सीमालाई शुक्रबार फेमिली कोर्ट बाहिर देखिएको थियो । यी दुई अदालतबाट छुट्टा छुट्टै निस्किएका थिए ।
स्रोतलाई उद्धृत गर्दै आजतकले भनेको छ – ‘सोहेल खान र सीमा सचदेव शुक्रबार फेमिली कोर्टमा उपस्थित भएका थिए । यी दुईले सम्बन्धविच्छेदको निवेदन दिएका छन् । यी दुईबीचको दोस्ती अहिलेसम्म पनि यथावत् छ । यी दुईले अचानक अलग हुने निर्णय गरेका थिए । यसबारे कसैलाई पनि भनिएको थिएन । यी दुइले आफ्नो यो निर्णयलाई नीजि राख्नु नै ठिक सम्झेका थिए र त्यसपछि मात्रै सम्बन्धविच्छेदको निर्णय दिएका थिए । उनीहरु पछिल्लो थुप्रै वर्षदेखि छुट्टा छुट्टै बस्दै आएका थिए ।’
यो जोडीलाई निकै नजिकबाट चिन्ने साथीले दिएको जानकारी अनुसार सीमा र सोहेलबीच कुनै विवाद छैन । यी दुईले यो निर्णयलाई मिलेर लिएका हुन् र आ–आफ्नो जीवनमा अघि बढ्ने निर्णय गरेका छन् ।
को हुन् सीमा खान ?
सीमा खानको वास्तविक नाम सीमा सचदेव हो । उनी व्यावसायिक रुपमा फेसन डिजाइनर र स्टाइलिस्ट हुन् । खबरका अनुसार सीमाले आफ्नो सैलुन पनि खोलेकी छिन् जसको नाम कालिस्ता हो । सुजैन खान र महिप कपुरसँग मिलेर मुम्बईको बान्द्रामा उनले १९० लग्जुरियस बुटिक खोलेकी थिइन् ।
वेब सिरिजमा भएको थियो खुलासाः
उनले सोहेल खानसँग सन् १९९८ मा विवाह गरेकी थिइन् । यी दुईका दुई छोरा छन् – योहान र निर्वाण । अब विवाहको २४ वर्षपछि यी दुई अलग भइरहेका छन् । सन् २०१७ मा पनि सोहेल र सीमा छुट्टिएको खबर आएको थियो । यतिमात्रै होइन सोहेल र सीमालाई नेटफ्लिक्स शो ‘द फेबुलस लाइभ्स अफ बलिउड वाइभ्स’ मा भिन्न भिन्न बसिरहेको देखिएको थियो । यो शो पछि उनीहरु दुईजना सँगै बसिरहेका छैनन् भन्ने पुष्टि भएको थियो ।
शोमा सोहेलसँग आफ्नो सम्बन्धको विषयमा सीमाले भनेकी थिइन्, ‘कहिलेकाँही तपाईंको उमेर बढेसँगै सम्बन्धले नयाँ दिशा लिन थाल्छ । म यसका लागि दुःखी छैन किनभने हामी खुसी छौँ र हाम्रा बच्चा खुसी छन् । सोहेल र मेरो विवाह कन्भेन्सल होइन तर हाम्रो परिवार एउटै छ । हाम्रा लागि हाम्रा बच्चा महत्वपूर्ण छन् ।’
यो सलमान खानको परिवारको दोस्रो सम्बन्धविच्छेद हो । यसअघि अरबाज खान र मलाइका अरोडा अलग्गिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण