बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

धनकुटाको सहिद भूमि गाउँपालिकामा मतदान हुनै सकेन

शुक्रबार, ३० वैशाख २०७९, १७ : १३
शुक्रबार, ३० वैशाख २०७९

जेष्ठ नागरिकको मत हाल्ने विषयमा बिहान साढे १० बजेदेखि विवाद सुरु भएको धनकुटाको सहिदभूमि गाउँपालिकामा पुनः मतदान हुन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईका अनुसार जेष्ठ नागरिकलाई मतदानमा सहभागी गराउँदा सहयोगी पठाउने क्रममा विवाद भएको थियो । 

सो विवाद पछि स्थगित भएको मतदान अहिलेसम्म सुरु नभएको हो । ‘मतदान गर्ने समय सकिएको छ, अब पुनः मतदान आज सुरु हुने देखिँदैन,’ राईले भने, ‘विवाद मिलाउने प्रयास जारी छ ।’ निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । तर पाँज बजेसम्म मतदान नै हुन नसकेको राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप