
फर्जी मतदान गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाममा अर्काको नाममा फर्जी मत हालिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा अर्काको नाममा मतदान गरिरहँदा जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्यकी उम्मेदवार शिवदेवी सादा मुसहरनीको २० वर्षीय छोरा अमलेश सदालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा वडा सदस्य सादाका छोरा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ