बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्याङ्जाको गाडी दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

शुक्रबार, ३० वैशाख २०७९, १६ : ४२
शुक्रबार, ३० वैशाख २०७९

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जामा १४ जनाको मृत्यु हुने गरी भएको गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । देउवाले मृतका परिवारजनप्रति समवेदनासमेत प्रकट गरेका हुन् ।

काँग्रेस कार्यवाहक मुख्यसचिव सचिव प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमार्फत देउवाले घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेको जनाइएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा १४ जनाको मुत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप