बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा ५० प्रतिशत मत खस्यो

शुक्रबार, ३० वैशाख २०७९, १५ : ५४
शुक्रबार, ३० वैशाख २०७९

झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए ।

झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ ।  झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा २८६ वटा मतदानस्थल र ७५५ मतदान केन्द्रमा धमाधम मतदान भइरहेको छ ।

झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता छन् । अहिले मतदानस्थलमा मतदाताको संख्या घटेको नेपालले बताए ।'अहिले मतदान केन्द्रहरूमा मतदाताको संख्या क्रमशः कम भएको छ,' उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप