शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री खाण

शुक्रबार, ३० वैशाख २०७९, १५ : ३७
शुक्रबार, ३० वैशाख २०७९

गृहमन्त्री बालकृष्ण खाणले आज जारी स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको र मतदान शान्तिपूर्ण रुपमै सम्पन्न हुने बताए । 

गृहमन्त्री खाणले नेपाल सरकारले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मिलाएको उल्लेख गरे । यसैबीच आज भइरहेको मतदान अन्तर्गत रुपन्देही जिल्लामा दिउसो १ बजे सम्म ४० प्रतिशत मतदान भएको छ । जिल्लाका १६ वटै पालिकामा अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए । बिहान केही मतदान केन्द्रहरुमा वर्षाले समस्या सिर्जना गरेपनि बर्षात् रोकिएपछि मतदान सूचारु भएको समेत प्रमुख भण्डारीले जानकारी दिए । 

जिल्लामा १६ पालिकाअन्तर्गत २०८ मतदानस्थलमा ७ सय मतदान केन्द्रमा बिहान तोकिएकै समयमा मतदान सुरु भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप