मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर

शुक्रबार, ३० वैशाख २०७९, १५ : १३
शुक्रबार, ३० वैशाख २०७९

आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो । 

झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको बताए । प्रभावित भएका क्षेत्रमा पुनः मतदान गराउन पहल भईरहेको उनको भनाइ छ । 

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको उनको भनाइ छ । दोलखा, रामेछाप, सर्लाही, पर्वत, हुम्ला, बाजुरा, दार्चुला, ओखलढुंगा, बारा, पर्सा, गोरखा, दैलेख लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान प्रभावित भएको प्रवक्ता केसीले बताए । 

झडपपछि स्थिति नियन्त्रणमा लिनलाई हवाइ फायर गर्नुपरेको उनको भनाइ छ । केही स्थानमा भने सेनाले स्थिति नियन्त्रणमा लिएको छ । केही स्थानमा भने रोकिएको मतदान पुनः सञ्चालन भइसकेको छ । 

केही ठाउँमा रोकिएको मतदान पुनः सुचारू गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप