शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चेक क्लियरिङ्ग प्रणालीको कारोबार समय सीमामा फेरबदल

शुक्रबार, ३० वैशाख २०७९, १४ : ५९
शुक्रबार, ३० वैशाख २०७९

नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित विद्युतीय चेक क्लियरिङ्ग प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीका कारोबार र समय सीमा समेत परिवर्तन गरिएको छ । साथै शनिबार र आइतबार हुने सार्वजनिक विदालाई समेत मध्यनजर गरी, उक्त प्रणालीहरू शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने गरी विद्यमान सत्रहरुको समय संशोधन तथा थप नयाँ सत्रहरुको व्यवस्था गरी जेष्ठ ३ देखि लागू हुने गरी प्रणालीहरुको समय सीमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ । 

उक्त व्यवस्था अनुसार चेक क्लियरिङ्ग प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ः०० बजे सम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ः०० बजे सम्म पेश हुन आएमा चेकहरू सोही दिनमा नै राफसाफ भई अन्तिम सेटलमेन्ट ५ः१५ पछि हुने व्यवस्था गरिएको छ । हरेक २–२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्स्प्रेस क्लियरिङ्ग दिउँसो ४ः०० बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्स्प्रेस क्लियरिङ्ग सत्रहरु सञ्चालनमा रहने व्यवस्था गरिएको छ । त्यस्तै रु.२०—३० करोड सम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङ्गको सत्र पनि थप गरी दिउसो ३ः०० बजे सम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको छ । 

त्यसैगरी अन्तर बैंक भुक्तानी प्रणालीमा साँझको ५:०० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरू सोही दिनमा नै राफसाफ हुने व्यवस्था गरिएको छ । साथै बिहान ९ः०० बजेदेखि ५ः०० बजे सम्म प्राप्त भुक्तानी आदेशहरू हरेक २—२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु प्नि थप गरिएका छन् । हरेक कार्यदिनको ५ः३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरू समेत सोही दिनमा फर्छ्यौट हुने व्यवस्था गरिएको छ । तोकिएको समय सीमा पश्चात प्रणालीमा पेश हुन आएका कारोबारहरू अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहने छ भने जाडो महिनामा (कार्तिक १६ गते देखि माघ १५ गते सम्म) को समय सीमा सँग मिल्ने गरी समय सीमा एक घण्टाको लागि कम हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप