शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमिताभको ५०, धर्मेन्द्रको ६० वर्ष तर बलिउडमा सबैभन्दा लामो करियरको रेकर्ड यी अभिनेत्रीको नाममा

शुक्रबार, ३० वैशाख २०७९, १४ : १३
शुक्रबार, ३० वैशाख २०७९

बलिउडमा आफ्नो जीवन समर्पित गर्नेमा एक से एक कलाकारको नाम आउने गर्छ । कोही ४ वर्षको उमेरदेखि नै फिल्मी क्षेत्रमा लागेका छन् भने कसैले आफ्नो जीवनको अन्तिम दिनसम्म फिल्मसँगको आफ्नो सम्बन्ध तोडेनन् । अमिताभ बच्चन, धर्मेन्द्रको करियरबारे त धेरैलाई थाहा छ तर यस्ता थुप्रै कलाकार छन् जसले आफ्नो ५० वर्षभन्दा बढी समय बलिउडमा गुजारे । आज त्यस्ता कलाकारबारे कुराकानी गरौँ ।

ललिता पवारः ७० वर्ष, ७०० फिल्म

ललिता पवारले ९ वर्षको उमेरमा सन् १९२८ मा फिल्म राजा हरिश्चन्द्रबाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन् । उनले निलकमल, आनंद, खानदान, पत्थर के सनम, औरतजस्ता उत्कृष्ट फिल्ममा काम गरेकी छिन् । उनले रामानन्द सागरको सिरियल रामायणमा मन्थराको भूमिका निर्वाह गरेकी थिइन् जुन निकै लोकप्रिय भएको थियो ।

पैदी जयराजः ६७ वर्ष, १७० फिल्म

सन् १९२९ लेखि १९९५ सम्म पैदी जयराज फिल्ममा सक्रिय रहे । पैदीले आफ्नो करियरमा १७० फिल्ममा काम गरे र विभिन्न खालका भूमिका निर्वाह गरे । फिल्ममा उनको योगदानका लागि उनलाई दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो ।

प्राणः ६७ वर्ष, ३६२ फिल्म

सन् १९४० देखि २००७ सम्म प्राण सिकंद फिल्मका प्राण रहे । उनले फिल्म यमला जाटबाट आफ्नो करियरको सुरुवात गरेका थिए । बलिउडमा प्राणलाई उनको भिलेन भूमिकाका लागि विशेष रुपमा चिनिन्छ । प्राणले खानदान, पिपली साहब, राम और श्याम, पूरब और पश्चिम, आंसू बन गए फूल, जोनी मेरा नाम, जंजीर, अमर–अकबर–एन्थोनीजस्ता उत्कृष्ट फिल्ममा काम गरेका छन् ।

देव आनन्द, ६५ वर्ष, १५० फिल्म

सन् १९४६ देखि २०११ सम्म देव आनन्दले दर्शकलाई मनोरञ्जन प्रदान गरे । उनले ६ दशकसम्म बलिउडमा राज गरे । देव आनन्द भारतीय सिनेमाका सबैभन्दा चर्चित कलाकारमध्ये एक हुन् । उनलाई उनको योगदानका लागि सन् २००१ मा पद्मभूषण सम्मानबाट सम्मानित गरिसकिएको छ ।

अशोक कुमारः ६३ वर्ष, २७५ फिल्म

सन् १९३४ देखि १९९७ सम्म अशोक कुमार फिल्ममा सक्रिय रहे । उनलाई फिल्ममा उनको योगदानका लागि सन् १९८८ मा दादा साहेब फाल्के अवार्ड र सन् १९९९ मा पद्म भूषण अवार्डबाट सम्मानित गरिसकिएको छ । फिल्म जीवन नैनाबाट उनको अभिनय करियरको सुरुवात भयो, त्यसपछि उनले आफ्नो करियरमा थुप्रै भूमिका निर्वाह गरे । उनको फिल्म अफसाना, परिणीता, बंदीश, एक ही रास्ता दीदारजस्ता उत्कृष्ट फिल्ममा सूचिकृत छन् ।

किशोर कुमारः ६३ वर्ष, ३०० फिल्म

सन् १९४६ देखि १९८७ सम्म किशोर कुमार बलिउडमा सक्रिय रहे । उनले आफ्नो अभिनय र उत्कृष्ट गायकीबाट सबैलाई आफ्नो प्रशंसक बनाए । किशोरले आफ्नो फिल्मी यात्रामा ५७४ फिल्ममा गीत गाएका छन् ।

६० वर्ष, ३०० फिल्म

सन् १९६० देखि आफ्नो करियरको सुरुवात गर्ने धर्मेन्द्रको फिल्मी यात्रा अहिले पनि जारी छ । धर्मेन्द्रले ६ दशकसम्म दर्शकलाई मनोरञ्जन प्रदान गरे । अभिनयबाहेक धर्मेन्द्रको रुची फिल्म निर्माण र राजनीतिमा पनि छ ।

कपुरः ६३ वर्ष, १४० फिल्म

सन् १९४८ देखि २०११ सम्म शम्मी कपुरले आफ्नो जादु बिछ्याइरहे । उनले दिल दे के देखो, तुम सा नहीं देखा, कश्मीर की कली, तीसरी मंजिलजस्ता फिल्ममा आफ्नो दमदार अभिनयको जलवा देखाए ।

प्रेम चोपडाः ६० वर्ष, ३८० फिल्म

भारतीय सिनेमामा प्रेम चोपडालाई उनको उत्कृष्ट अभिनय र नेगेटिभ भूमिकाका लागि चिनिन्छ । प्रेम चोपडा हिन्दी फिल्म इन्डष्ट्रिका एक यस्ता स्टार हुन् जसले बोलेको डायलग अत्यधिक चर्चित हुने गर्दथ्यो । उनले कटी पतंग, सौतन, दो रास्ते, दाग, आग का गोला, राजा बाबू, खिलाडी, दुल्हे राजा, उपकारजस्ता फिल्ममा अभिनय गरेका छन् ।

भगवान दादाः ६० वर्ष, ३७० फिल्म

भगवान अबाजी पल्लवलाई रेसलिङको दुनियाँमा भगवान दादाको नामले चिनिन्छ । उनले साइलेन्ट फिल्म क्रिमिनलबाट आफ्नो करियरको सुरुवात गरेका थिए । उनको फिल्म अलबेला ब्लक बस्टर रहेको थियो ।

५५ वर्ष, ४०० फिल्म

सन् १९३७ देखि १९९२ सम्म इफ्तेखार फिल्ममा सक्रिय रहे । उनले सन् १९४४ मा फिल्म तकरारबाट फिल्ममा प्रवेश थिए । त्यसपछि डन, दीवार, शहीद, तीसरी मंजिल, हरे रामा हरे कृष्णा, द ट्रेन, मेहबूब की मेहंदीजस्ता उत्कृष्ट फिल्ममा काम गरे । धेरैजसो फिल्ममा प्रहरी अधिकारीको भूमिका इफ्तेखारले नै निभाउने गर्दथे ।

५० वर्ष, ३०० फिल्म

४ वर्षको उमेरदेखि अभिनयमा आफ्नो करियरको सुरुवात गर्ने श्रीदेवीलाई हिंदी सिनेमाकी पहिलो महिला सुपरस्टार भनिन्छ । उनले तमिल फिल्म खनथान करुनाईबाट बाल कलाकारको रुपमा करियरको सुरुवात गरेका थिए । नगीना, मिस्टर इंडिया, लाडला, लम्हे, चालबाज, खुदा गवाह, इंग्लिश विंग्लिश, ममजस्ता सुपरहिट फिल्ममा उनको आइकोनिक अभिनय देख्न सकिन्थ्यो । भारत सरकारले उनको योगदानका लागि सन् २०१३ मा पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो ।

ओम प्रकाशः ५२ वर्ष, ३०७ फिल्म

सन् १९४२ देखि १९९४ सम्म ओम प्रकाशले आफ्नो जीवनको ५२ वर्ष बलिउडलाई समर्पित गरे । सन् १९५० देखि १९८० सम्म ओम सपोर्टिङ भूमिकामा लगभग हरेक फिल्ममा देखिन्थे । उनको फिल्म दस लाख, जोरु का गुलाम, आ गले लग जा, पडोसन, नमक हलाल, जंजीर, तेरे घर के सामने, लौफर, नौकर बीबी का, शराबीजस्ता उत्कृष्ट फिल्ममा काम गरे । उनलाई विशेषगरी उनको कमिक भूमिकाका लागि चिनिन्थ्यो ।

अमिताभ बच्चनः ५० वर्ष, ३०१ फिल्म

सन् १९६९ देखि फिल्मी करियरको सुरुवात गर्ने अमिताभ बच्चनको फिल्मी यात्रा अहिले पनि जारी छ । उनले अहिलेसम्म ३०१ फिल्ममा काम गरेका छन् । यसको सिलसिला अहिलेसम्म जारी छ ।

ऋषि कपुर : ५० वर्ष, १६० फिल्म

सन् १९७० देखि २०२० सम्म ऋषि कपुरले बलिउडलाई थुप्रै उत्कृष्ट फिल्म दिएका छन् । ऋषिले आफ्नो करियरमा हरेक प्रकारको भूमिका निभाएका छन् र हरेक पटक आफ्नो उत्कृष्ट अभिनयको छाप छोडेका छन् । ऋषिले श्री ४२० बाट बाल कलाकारको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । त्यसपछि फिल्म बबीमा पहिलो पटक मुख्य कलाकारको भूमिका देखिएका थिए । उनले अमर–अकबर–एंथोनी, कभी–कभी, सागर, जंजीरजस्ता फिल्ममा काम गरेका छन् । ऋषि एक यस्ता कलाकार थिए जसले आफ्नो अन्तिम समयसम्म प्रशंसकलाई मनोरञ्जन प्रदान गरिरहे । उनको अन्तिम फिल्म शर्माजी नमकिन थियो ।

पृथ्वीराज कपुरः ४५ वर्ष, ४७ फिल्म

सन् १९२७ देखि १९७२ सम्म पृथ्वीराज कपुर फिल्ममा सक्रिय रहे । फिल्म बेधारी तलवारबाट पृथ्वीराजको अभिनय करियरको सुरुवात भएको थियो । त्यसपपछ उनले थुप्रै फिल्ममा काम गरे । उनलाई आलम आरा, सिकन्दर, मुगल–ए–आजमका लागि चिनिन्छ । पृथ्वीराजलाई बलिउडमा उनको योगदानका लागि दादा साहेब फाल्के र पद्म भूषण अवार्ड प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप