दैलेखमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप
शुक्रबार, ३० वैशाख २०७९, १३ : ५८
![दैलेखमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप](https://rpcdn.ratopati.com/media/albums/dailekhe-jjhadap_P4GcL7eYQ5.jpg)
दैलेखको आठबीस नगरपालिका–६ मा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ । आठबीस नगरपालिका–६ मा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा उनीहरुबीच झडप भएको हो ।
काँग्रेस कार्यकर्ता गणेशबहादुर शाही एक्लैले दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन् । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा दुर्गा थापा, कल्पना थापा, कमल थापा, दिल्ली थापा, बलबहादुर थापा लगायत रहेका छन् ।
काँग्रेसको तर्फबाट पुरन पुरी, गणेश पुरी, गणेश बहादुर शाही, गगन शाही, हर्कनाथ योगी, लगायतले आक्रमण गरेको एमालेले जनाएको छ । अहिले मतपिटेकाहरू सुरक्षित स्थानमा राखेर मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।