
राहुलको कीर्तिमान तोड्ने संघारमा बेन्जिमा

फ्रेन्च स्टार करिम बेन्जिमा रियल मड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले रियका लागि ३२३ गोल गरेका हुन् । उनीसँगै राहुल गोन्जालेसले पनि ३२३ गोल गरेका छन् ।
राहुलको कीर्तिमान तोड्न बेन्जिमालाई मात्र एक गोलको खाँचो छ । बेन्जिबाले बिहीबार राति भएको खेलमा लेभोन्टेविरुद्धको खेलसँगै यो रेकर्ड बराबरी गरेका हुन् । रियलका लागि बेन्जिमाले ला लिगामा २१९, च्याम्पियन्स लिगमा ७४, कोपा डेल रेमा २१, क्लब वर्डकपमा ३, स्पेनिस सुपर कपमा ५ र युरोपियन सुपर कपमा १ गोल गरेका छन् । रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डो छन् । उनले रियका लागि सबै खाले प्रतियोगितामा ४५१ गोल गरेका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ