बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाको शंकर मावि मतदानस्थलमा झडप, मतदान रोकियो

शुक्रबार, ३० वैशाख २०७९, १३ : ३३
शुक्रबार, ३० वैशाख २०७९

जुम्लाको गुठीचौर गाउँपालिका गज्यांकोटस्थित शंकर बहुद्देश्य माध्यमिक बिद्यालयको मतदान केन्द्रमा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीबीच झडप हुँदा मतदान स्थगित भएको छ ।

कार्यकर्ताबीचको झडपमा सहायक निर्वाचन अधिकृत रवी भण्डारीलाई समान्य चोट लागेको छ । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले मतदान स्थलमा मतदाताले मतपत्र च्यात्न खोज्दा झडप भएको बताएकी छन् ।

‘मतपत्र च्यात्न खोज्दा दुुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । अहिले मतदान स्थगित भएको छ । सर्वदलीय बैठकले मतदानको विषयमा निर्णय गर्नेछ,’ प्रसाईंले रातोपाटीलाई बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप